arrow

राप्रपाले २७ गते काठमाडौँमा प्रदर्शन गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
चउउऔदषचयमज.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो । 

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए । 

उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे । उहाँले आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा आफूहरूले देखाउने बताए । राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट रहेको बताए ।

बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ