arrow

ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
gyanendra-malla-cricket-2080.jpg

काठमाडौँ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।

खेलाडी सङ्घले मंगलबार ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए । 

मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । 

भदौ १९ गते सम्पन्न खेलाडी सङ्घको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ