arrow

ढाकाले पोलेका रविको कोर टिमका मोहनमाथि छानबिन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
dhakakumar-shrestha-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको टिमबाट पैसा उठाउने गरेको पोलेका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठको आरोप माथि छानबिन भइरहेको प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।  

सांसद पद खुस्किएपछि  पूर्व सांसद श्रेष्ठले सभापति रवि लामिछानेको टिमबाट पैसा उठाउने गरेका पोलेका थिए  ।  आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रुपैयाँ रकम मागेको बताएका थिए  ।

परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताएका हुन् ।  उनले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताए । उनले छानबिन प्रक्रियालाई पनि छिट्टै टुङ्ग्याउने बताए ।

समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो ।  सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसपछि उनको सांसद पद पनि खुस्किएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ