arrow

एसिया कपबाट खारिएको नेपाली क्रिकेट टिम एसियन गेम्समा सुखद नतिजाको अपेक्षामा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
nepali-cricket-teams-lead1.jpg

काठमाडौं । एसिया कपबाट खारिएको नेपाली क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तयारी गरिरहेको छ । अब नेपाली क्रिकेट टोलीले एसियन गेम्समा पुरुष क्रिकेटको प्रतिस्पर्धा गर्ने तयारीमा छ । एसियन गेम्समा क्रिकेटको प्रतिस्पर्धा ट्वान्टी-२० फरम्याटमा हुँदैछ ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा १९ औँ एसियन गेम्सको औपचारिक शुरुवात हुँदैछ । असोज १० गतेदेखि हानझाओको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा खेल हुँदैछ । नेपाल एसियन गेम्सको पुरुष क्रिकेटमा समूह ‘ए’ मा छ । यो समूहमा तुलनात्मक रूपमा निकै कमजोर मानिएका मंगलोलिया र मालदिभ्स छन् ।  

समूहमा शीर्ष स्थानमा प्राप्त गर्ने टोलीले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछ । विश्व क्रिकेटका बलिया राष्ट्र भारत, पाकिस्तान र श्रीलङ्कासहित बङ्गलादेशले पनि प्रतिस्पर्धा गर्दैछ । यी चार राष्ट्रले सीधै क्वार्टर फाइनलमा खेल्ने तय छ । चार समूहका विजेताले ‘ड्र’ मार्फत भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशसँग नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यी चारै टेस्ट राष्ट्रले हानझाओ एसियन गेम्समा आफ्ना दोस्रो टोली पठाएका छन् । तर पनि एसोसिएट राष्ट्रका लागि उनीहरूको चुनौती पार गर्न कठिन हुनेछ ।
 
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औँ एसियन गेम्समा सुखद नतिजा ल्याउने लक्ष्य रहेको बताए ।  कप्तान रोहितले सबैको आ–आफ्नो भूमिका तय भइसकेकोले त्यहीअनुसार सबैले आफ्नो जिम्मेवारी काम गरिरहेको बताए । रोहितले कुनै पनि टोलीलाई बलियो र कमजोर नआँक्ने भन्दै आफ्नै खेल प्रस्तुत गर्ने बताए । 

नेपाली क्रिकेट टोलीका अलराउण्डर गुल्सनले झाले पनि नेपालको तयारी राम्रो भएकाले सुखद नतिजा आउनेमा आशा व्यक्त गरे । पछिल्ला समय लगातार एक दिवसीय खेल खेलिरहेकाले केही ट्वान्टी–२० फरम्याटमा आफूलाई अभ्यस्त गराउने काम मात्र भइरहेको बताए । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । सो टोलीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ