arrow

एनसेलले मनायो विभिन्न सहरहरूमा तीज कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
ncell-teej-sim.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरहरूमा साङ्गीतिक कार्यक्रमको आयोजना गरी ठूलो उत्साह र उमङ्गका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ। तीज कार्यक्रम कम्पनीको १८औँ वार्षिकोत्सवको ‘हामी तपाईँकै लागि’ भन्ने थिमका साथ आयोजना गरिएको थियो।

तीज हिन्दु महिलाहरूले ठूलो उत्साहका साथ मनाउने नेपालको एक विशेष पर्व हो। एनसेल विशेष अवसरका खुसीहरूलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको छ।

एनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार एनसेलले विभिन्न चार सहरहरू सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमहरूमा सर्वसाधारण बाहेक विशेष गरी महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरूले साङ्गीतिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानीय कलाकारहरूको गीतसङ्गीत प्रस्तुतिमा नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए। ग्राहकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो। स्टलबाट ग्राहकले एनसेलको सिम कार्ड, रिचार्ज कार्ड तथा अन्य सेवा, सुविधाहरू लिन सक्ने व्यवस्था रहेको थियो। 

एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सव मनाएको हो। कम्पनीले आम नेपाली जनसमुदायलाई विश्व स्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ। ‘हामी तपाईँकै लागि’ थिम अनुरूप आफ्ना ग्राहकहरूसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ। 

सरकारले अङ्गीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ। 

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८-७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसै गरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

एनसेल, आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ