arrow

कान्ति बाल अस्पताल :

वालिका मृत्यु प्रकरणमा दोषीलाई उन्मुक्ति दिने प्रयास, अझै भएन कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
kanti-aspatal.jpg

काठमाडौं । कान्ति बाल अस्पतालमा उपचारका लागि पुगे पनि अस्पताल प्रशासनले इमर्जेन्सीमा भर्ना नलिएपछि भएको वालिका मृत्यु प्रकरणमा दोषीलाई अझै कारबाहीको दायरामा ल्याइएको छैन । १५ दिन बितिसक्दा पनि अस्पतालको निर्देशक , विभागीय प्रमुख , युनिट प्रमुख लगायतका जिम्मेवार माथिल्लो डाक्टरहरूलाई उन्मुक्ति दिँदै आइएको छ । 

हालसम्म जुनीयर तहका रेसिडेन्स डाक्टर बृजेश कुमार यादवलाई स्पष्टीकरण सोधिए पनि युनिट प्रमुख डाक्टर अजित रायमाझी, निर्देशक तथा विभागीय प्रमुख डा पङ्कज राय लगायतका जिम्मेवार तहमा रहेका व्यक्तिहरूलाई छानबिनको दायरामा नल्याएकोले सो घटना गुपचुपमै मिलाउने प्रयास भइरहेको सम्बन्धित अस्पतालका एक डाक्टर बताउँछन् । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत संसद्मा गएर दोषीलाई तुरुन्तै कारबाही गरिने बताएका थिए । यो घटनाबाट पाठ सिक्दै तत्काल सुधारको बाटो अपनाउनुपर्ने भनाइ उनको थियो। तर पनि अझैसम्म छानबिनको दायरा बढाएर कारबाही शुरु गरिएको छैन । 

घटना सार्वजनिक भए लगत्तै डा प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएको थियो । समितिले सम्बन्धित निकायलाई प्रतिवेदन बुझाएको बताइएता पनि प्रतिवेदनमा गुपचुप नै छ । प्रतिवेदन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

कान्ति बाल अस्पताल भदौ १८ गते पाँच वर्षीय वालिका रेजिशा गोपालीको निधन भएको थियो। मकवानपुरकी रेजिशाको अस्पतालले इमर्जेन्सीमा भर्ना नगर्दा मृत्यु भएको थियो । पछि टिकट काट्छु पहिले उपचार गरिदिन भनेर रेजिशाका हजुरबुबाले अनुनय विनय गर्दा पनि चिकित्सक र नर्सले उपचार गर्न नमानेको परिवारको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ