arrow

शिक्षकहरूको आन्दोलनमा सरकारले  वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्छ : अर्जुननरसिंह केसी

एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
arjun-narsingh-kc-nuwakot-2-congress-mp-2079-2022.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।  उनले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताए । उनले राष्ट्रिय रूपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व,धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए ।

 उनले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘अहिले जुन खालको राष्ट्रिय परिस्थिति छ, शिक्षक आन्दोलन जसरी चलिरहेको छ । चार लाख शिक्षकलाई सडकमा राखेर सरकारले यसलाई सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नु पर्छ की भन्ने हाम्रो दृष्टिकोण हो ।' 

नेता केसीले सरकार अराजकता, हत्या र हिंसा उन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । उनले भने,' यो देश जसरी अराजकता, हत्या र हिंसा उन्मुख छ यो जटिल परिस्थिति छ, कांग्रेसले निकास दिनुपर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ