arrow

यसरी कम गर्न सकिन्छ बिर्सने रोग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
alzimer1.JPG

काठमाडौं । अल्जाइमर्स (बिर्सने रोग)को पहिचान गरे जोखिम कम हुने विज्ञहरूले बताएका छन् । त्यसको लागि सुरुवाती अवस्थामा नै बिर्सने रोगको पहिचान गर्नुपर्ने उनीहरूको भनाइ छ ।  विज्ञहरूले शुरुवाति अवस्थामा नै अल्जाइमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका छन् । 

बिर्सिने रोग परिवारमा धेरैलाई नै भएको हुनसक्ने भन्दै शुरुवातमा रोगको निदान आवश्यक पर्ने विज्ञहरूको जोड छ । अल्जाइमर्स रोग (विस्मृति) बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो । यो रोग लागेको व्यक्तिमा शुरुवातमा स्मरण शक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुरा गर्न र प्रतिक्रिया दिन असक्षम हुने हुन्छ । 

विज्ञहरूका अनुसार अल्जाइमर्स रोगले सोचाई, स्मरण शक्ति र भाषा नियन्त्रण गर्ने मस्तिष्कका भागमा असर पुर्‍याई व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ । बारम्बार एउटै कुराहरू सोधिरहनु, आफूले राखेका सामानहरू फेला पार्न नसक्नु, नियमित गरिरहने कार्यहरू गर्न अप्ठ्यारो हुनु, सामान्य समस्याहरू समाधान गर्न नसक्नु, मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, स्वविवेक शक्ति क्षीण हुनु, देखेका कुराहरू नचिन्नु अल्जाइमर्स रोगका लक्षणहरू हुन् । 

न्युरोलोजिष्ट डा.राजु पौडेलले अल्जाइमर्सलाई विस्मृति रोगका रूपमा चिनिने भन्दै यो समस्या अधिकांश ६५ वर्ष उमेर पूरा भएपछि देखाइपर्ने बताए । अल्जाइमर्स हुनुको मुख्य कारण स्मरण शक्ति ह्रास हुनुभएको भन्दै बेलैमा पत्ता लगाए थप जोखिम नहुने बताए ।

 उनले अल्जाइमर्स हुन नदिन जनचेतना आवश्यक पर्ने भन्दै यो रोग लागिसकेपछि दिमागको कोशिकाका तन्तुहरू बिस्तारै सुक्दै जाने बताए । डा.पौडेलले नेपालमा अनुमानित एक लाख ३० हजार व्यक्तिमा विस्मृति रोग हुन सक्ने आँकडाले देखाएको बताए । उनले अल्जाइमर्स भएका व्यक्तिहरूले गुणस्तरीय स्वस्थ जीवन अवलम्बन गर्नुपर्ने बताए ।

 अल्जाइमर्स भएकाहरूले धेरै चिल्लो पदार्थ र नुन धेरै खान नहुने र सुगर भएमा यसको उपचार गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ