arrow

नाचगान र देउडामा झुमिए शिक्षक (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
teacher-protest-day3.jpg

काठमाडौँ। शिक्षक नेपाल शिक्षक महासङ्घ नेपाल द्वारा आयोजना गरेको विरोध कार्यक्रम तेस्रो दिन माइतीघरमा शिक्षकहरू नाचगान र देउडामा झुमिएका छन्। आन्दोलनरत शिक्षक सङ्गठनले काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। गत असोज ३ गते देखी देश भरीका सरकारी शिक्षकहरू जम्मा भएर काठमाडौँमा आन्दोलन गरे पछि राजधानीको दैनिकी अस्तव्यस्त बन्न पुगेको छ।

सरकारले हालै ल्याएको विधेयकले सरकारी शिक्षक, राहत शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अविलम्ब सो विधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन। उनीहरूले आफ्नो माग पुरा नभएसम्म काठमाडौँ नछाड्ने अडान लिए पछि सरकार अप्ठ्यारोमा परेको छ।

यता, शिक्षक सङ्गठनको आन्दोलनले काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको छ। जसका कारण हिजो दिनभरि काठमाडौँ उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सवारी आवतजावत रोकिएको थियो। आज पनि आन्दोलन जारी भएपछि काठमाडौँ उपत्यकाको सवारी आवतजावत पुरै प्रभावित भएको छ।

यद्धपी, आन्दोलनकारी शिक्षक र सरकारबीचमा आज पनि वार्ता भइरहेको छ।

गत असोज ३ देखी देश भरीका शिक्षक जम्मा भएर काठमाडौँ केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो। हिजो बिहान र साँझ भएको वार्ता असफल भए पछि आज पनि वार्ता भइरहेको छ।

teacher-protest-day3 (1).jpg
teacher-protest-day3 (2).jpg
teacher-protest-day3 (3).jpg
teacher-protest-day3 (4).jpg
teacher-protest-day3 (5).jpg
teacher-protest-day3 (6).jpg
teacher-protest-day3 (7).jpg
teacher-protest-day3 (8).jpg
teacher-protest-day3 (9).jpg
teacher-protest-day3 (10).jpg
teacher-protest-day3 (11).jpg
teacher-protest-day3 (12).jpg
teacher-protest-day3 (13).jpg
teacher-protest-day3 (14).jpg
teacher-protest-day3 (15).jpg
teacher-protest-day3 (16).jpg
teacher-protest-day3 (17).jpg
teacher-protest-day3 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ