arrow

पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप

कोशी प्रदेशमा सबैभन्दा धेरै किशोरीले लगाए खोप, समय थपियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
abhinaya-gautam-cancer.jpg

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपीभी’ खोप कोशी प्रदेशका सबैभन्दा धेरै किशोरीले लगाएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशतले खोप लगाएका हुन् । 

साथै मधेसमा ५६ प्रतिशत, बागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बिनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपीभि खोप लगाएका छन् ।

किशोरीलाई लगाइने एचपीभी अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिएका छन् ।

अब असोज ६ गते शनिवारदेखि १० गते बुधवारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो । डा.गौतमले खोप लगाउने समयावधिमा शनिवार, शोक बिदा, बाल दिवस, तिज, शिक्षक आन्दोलन लगायतका कारण व्यवधान आएकाले अभियान प्रभावकारी हुन नसकेको बताए । 

देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरूको सङ्ख्या साढे तीन लाख रहेको छ । ती मध्ये डेमोष्ट्रेसन (नमूना) स्वरूप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ९ हजार ९ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो । खोप वि.सं २०६५ भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ