arrow

महासमितिको बैठकमा संविधान संशोधन देखि निर्वाचन प्रणालीमाथि छलफल हुन्छ: गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
gagan-thapa-2080-06-05.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरू महासमितिको बैठकमा छलफल हुने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने समेत कामहरू गर्ने स्पष्ट पारे । उनले संविधान संशोधन वा निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्ने कुरा पनि महासमितिको बैठकमा छलफल हुने बताए । 

उनले भने, ‘ महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने समेत कामहरू गर्ने भएकाले नेपाली कांग्रेसको संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरू सङ्घीयता कार्यान्वयन लगायतका यावत विषयहरू पार्टीको तर्फबाट जान्छ । संविधान संशोधनको कुरा होस्, चाहे निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्ने कुरा होस्, यी कुराहरू त्यहाँ जान्छ ।'

उनले कार्यसमिति बैठकमा नेताहरूले सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना गरेको भन्दै त्यसलाई छलफल गर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ