arrow

एसियन गेम्समा नेपाली क्रिकेट टिम मङ्गोलियासँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
cricket-nepal-2080-04-03.jpg

काठमाडौं । एसिया कपबाट खारिएको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मङ्गोलियासँग क्रिकेट खेल्दै छ । 

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपाल र मङगोलियाबीचको खेल नेपली समयअनुसार अहिले बिहान ६ : ४५ मा सुरु हुँदै छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङ्गोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ । 

समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बङ्गलादेश, पाकिस्तान,श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । 

पाँच वटै देशले एक दिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै पुगेको छ । 

नेपाली टोलीका दुई महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछाने र सागर ढकाल आजै यहाँ आइपुगेका छन् । नेपाली टोलीका अन्य खेलाडीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।

नेपालले एसिया कपमा भारत र पाकिस्तान जस्ता राष्ट्रसँग खेलेर अनुभव बटुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ