arrow

इतिहासकै धेरै रन बनायो नेपालले, ३४ बलमा कुशलले गरे शतक पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
cricket-nepal-2023-08-30a.jpg
फाइल तस्बिर

काठमाडौं । नेपालले टी- २० क्रिकेटमा इतिहासकै धेरै रन बनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मङ्गोलियाविरुद्ध ३१४ रनको विशाल रन बनाएर टी- २० मा धेरै रनको रेकर्ड बनाएको हो । 

यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए । अस्ट्रेलिया २६३ रन बनाएर त्यसपछि रहेको छ । सूचीमा भारत र श्रीलङ्का समान २६० रनको साथ पाँचौँ स्थानमा छन् । 

आज भएको खेलमा नेपालले मङ्गोलियालाई विशाल रनको चुनौती दिएको छ । १९औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलिया विरुद्ध ३१५ रनको विशाल चुनौती दिएको हो । 

टी- २० फर्म्याट खेलमा नेपालले मङ्गोलिया विरुद्ध ३१४ रन बनाएको छ ।  अब मङ्गोलियाले जित्न ३१५ रन बनाउनुपर्ने हुन्छ । 

निर्धारित २० ओभरमा ३ विकेट गुमाएर नेपालले ३१४ रन बनाएको हो ।  कुशल मल्ल टी-२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान राखेका छन् ।

३४ बलमा शतक पूरा गर्दै मल्लले कीर्तिमान राखेका हुन । खेलमा कप्तान रोहित पौडेलले ६१ तथा दीपेन्द्र सिंह ऐरीले ५२ रन बनाए ।

मङ्गोलियालाई आइसीसीले सन् २०२१ मा एसोसिएट टोलीको मान्यता दिएको थियो । नेपालले अर्को खेल आइतबार मालदिभ्ससँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ