arrow

गौरादहको ‘नमुना घरबास’ पर्यटकको रोजाइमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
Namuna pahuna ghar.jpg

झापा । गौरादह नगरपालिका-५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमुना घरबास (होमस्टे) आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेको छ ।

जिल्लामा सहकारी भ्रमणका लागि विभिन्न सङ्घसंस्था, सहकारी तथा जनप्रतिनिधिदेखि पर्यटकीय स्थल घुम्न आउनेका लागि यहाँ सञ्चालित नमुना घरबास पहिलो रोजाइमा पर्ने गरेको हो ।

पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब २० किलोमिटर दक्षिणमा रहेको यस घरबासमा हिउँदमा मात्र होइन वर्षामा पनि पर्यटकहरु बास बस्न आउने गरेका सहकारीका व्यवस्थापक अर्जुन खतिवडाले बताए ।

उनका अनुसार सहकारीले दुई वर्षअघि ५० जना अट्ने क्षमताको घरबास निर्माण गरेको हो ।

रू एक करोड २० लाखमा निर्माण गरिएको उक्त घरबास कृषि पर्यटन प्रवर्द्धनका लागि वातावरण अनुकूल रहेको खतिवडाले जानकारी दिए ।

“पाहुनाको खाँचो छैन”, उनले भने, “सधै भरिभराउ नभए पनि हामीले गरेको नमुना खेती हेर्न आउने पर्यटक बास बस्ने गरी आइरहनुभएको छ ।”

उनका अनुसार कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गामा निर्माण गरिएको हो ।

घरबासमा आठ सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल रहेको खतिवडाले जानकारी दिए ।

उनले भने, “अवलोकन भ्रमणमा देशभरका सहकारी, सङ्घसंस्थाबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।”

उनका अनुसार वार्षिक रुपमा एक हजार बढी पाहुना बास बस्ने गरी आउने गरेका छन् ।

उनले एक दिन बस्नका लागि प्रतिव्यक्ति साझा कोठाको रू तीन सय, दुई बेड भएको कोठाको रू एक हजार र विशेष कोठाको रू दुई हजार पाँच सय तोकिएको जानकारी दिए ।

खतिवडाका अनुसार सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुराका साथै आचार, पापड, डेरीलगायत उद्योग सञ्चालन गर्दै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ