arrow

अभियन्ता ईः सँग सङ्घीय सरकारले वार्ता गर्न पहल गर्नुपर्‍यो: सांसद केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
arjun-narsing-kc-2080-06-10.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्त्रण ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताएका छन् ।

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौँ महानगरपालिकासँग विभिन्न माग राखी मेयरको कार्यालय अगाडी उभिइरहेको भन्दै माग सम्बोधन गराउन सङ्घीय सरकारले पनि पहल गर्नुपर्ने बताए । ।

 उनले नागरिकको ज्यान बचाउने कुरा प्रदेश वा स्थानीय सरकारसँग मात्रै सम्बन्धित नहुने बताए । उनले अभियन्ताहरूको परिस्थिति जटिल बन्दै गइरहेको उल्लेख गर्दै सङ्घीय सरकारले नगरपालिकाको स्वायत्तता भनेर मात्रै बस्न नमिल्ने बताए । 

उनले समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिए । त्यस्तै सांसद केसीले निरन्तर चिकित्सकहरू कुटिइरहेका भन्दै सरकारको त्यसतर्फ पनि ध्यानाकर्षण गराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ