arrow

एनसेलको सामाजिक उत्तरदायित्व, चिरिच्याट्ट चक्रपथ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
ringroad-flower-2080-06-13.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथ विस्तार अन्तर्गतको पहिलो खण्ड कलङ्की–कोटेश्वर सडकखण्ड सबैलाई मनपर्ने सडकमध्येमा पर्छ । 

सबैले चासोको साथ हेर्ने सडक लायकको बनेको छ । चीन सरकारले ८ लेनमा विस्तार गरेर २०७५ सालमा हस्तान्तरण गरेको यो सडक खण्डको दूरी १०.३९ किलोमिटर छ । 

बनिसकेपछि पनि धेरै त्रुटि देखिएको यो पहिलो खण्ड नेपालको नमूना सडक मध्यमा पर्छ । सडकको बनावट र डिजाइन हेर्दा साँच्चै बाहिर विदेश तिरको सडक जस्तो लाग्छ । 

वर्षभरिको मौसम अनुसार यो सडकखण्डको स्वरुप नै बदलिन्छ । सडक चौडा मात्र छैन, बलियो पनि छ । 

जमीन भासिन सक्ने ठाउँमा १५ फिटसम्म माटो झिकेर ग्राभल भरिएको छ । सडक ८ लेनका भएकाले यस सडक छेउँछाउँमा विभिन्न बोटबिरुवाहरु लगाइएको छ । 

जुन ४ वटै मौसम अनुसार आफ्नो रुप फेर्ने गर्छन् । नयाँ वर्षसँगै ज्याकाराण्डा फूलले बाटो नै ढाकेको देख्न पाइन्छ । 

भर्खरै मनसुन सकिएसँगै अहिले सडक छेउँछाउँ हरियाली छन् । कोटेश्वरदेखि बल्खु पुलसम्म सडकमा भएका बोटबिरुवाले चक्रपथ हरियाली बनाइदिएको छ । 

सडक छेउँ फुटपाथमा हिँड्ने सर्वसाधारणदेखि सडकमा कुदाउनेहरुको आँखा सडक छेउँछाउँ गैहाल्छ । 

फराकिलो, स्तरीय र सुन्दर कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । 

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा यो सडकखण्डमा हरियाली निर्माण गरिरहेको हो । 

हाललाई चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्ड पनि गत वर्षको फागुनदेखि काम त शुरु भएको छ तर गति भने लिन सकेको छैन ।
 

ringroad-2080-06-13 (19).jpg
ringroad-2080-06-13 (1).jpg
ringroad-2080-06-13 (2).jpg
ringroad-2080-06-13 (3).jpg
ringroad-2080-06-13 (4).jpg
ringroad-2080-06-13 (5).jpg
ringroad-2080-06-13 (6).jpg
ringroad-2080-06-13 (7).jpg
ringroad-2080-06-13 (8).jpg
ringroad-2080-06-13 (9).jpg
ringroad-2080-06-13 (10).jpg
ringroad-2080-06-13 (11).jpg
ringroad-2080-06-13 (12).jpg
ringroad-2080-06-13 (13).jpg
ringroad-2080-06-13 (14).jpg
ringroad-2080-06-13 (15).jpg
ringroad-2080-06-13 (16).jpg
ringroad-2080-06-13 (17).jpg
ringroad-2080-06-13 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ