arrow

निर्वाचनमा जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन रविको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
ravi-roti-sekney.jpg

दाङ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन् । 

दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए । 

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गरे । 

जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्र्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको उनले पार्टीको चिन्ताभन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ