arrow

सुन तस्करी प्रकरण

सुन तस्करीमा जाँचबुझ आयोग गठन गर्ने सहमति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
balwatar-new-2080.JPG

काठमाडौं । ढिलै गरि भए पनि सत्तापक्ष र प्रतिपक्षबीच सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । 

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा सो सहमति भएको हो । 

उच्च अदालतका पूर्व न्यायाधीश डिल्ली राज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोर जङ्ग कार्की र प्रेम राज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ