arrow

देशमा विधि विहीनताले पराकाष्ठा नाघ्यो: अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
arjun-narsing-kc-2080-06-10.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित १४ औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दा बल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताए । 

उनले देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रूपमा भ्रष्टाचार अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । उनले भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम नहुने बताए । उनले राज्यमा सुशासन भएन भने जनतामा अनुशासन नहुने भन्दै हरेक ठाउँमा अराजक मनोवृत्तिहरू विकास भइरहेको बताए । उनले हामी नेपाली हौँ भन्ने भावनालाई खुला रूपबाट चुनौती दिए पनि कारबाही हुन नसकेको बताए ।

नेता केसीले महँगी र मूल्यवृद्धिले नेपालका आम जनता हतोत्साहित अवस्थामा रहेको बताए । उनले रूपान्तरण र वैचारिक पुनः जागरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । 

जबसम्म समानुपातिक निर्वाचन प्रणाली भएसम्म पार्टी नबन्ने बताए । उनले यति ठूलो सङ्ख्यामा केन्द्रीय संसद, प्रदेश सभा आवश्यक नरहेको बताए । उनले पार्टीमा सभापतिले जे निर्णय गर्छ त्यही सर्वमान्य हुने हो भने क्रियाशील सदस्यले सभापति चुन्ने विधानसहित सभापतिय पद्धतिमा जानुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ