arrow

एसियाली खेलकुद

क्वाटरफाइनलमा नेपाल-भारत आमनेसामने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
sompal-kami-2023-09-04.jpg
फाइल तस्बिर

काठमाडौं ।  १९ औँ एसियाली खेलकुद (एसियाड) मा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतीय क्रिकेट टिमसँग क्वाटरफाइनल खेल्ने भएको छ । माल्दिभ्सलाई हराए क्वाटर फाइनलमा पुगेको नेपालको सामना अब भारतीय टिमसँग हुने भएको हो ।  आज भएको लक्की ड्र अनुसार नेपाल र भारत आमनेसामने हुने भएका हुन् । नेपाल र भारतबीचको खेल मङ्गलवार बिहान ९ बजेबाट शुरु हुने छ ।

नेपालका तर्फबाट रोहितको कप्तानीमा १५ सदस्यीय टोली छन् । टोलीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन् । 

भारतका तर्फबाट अधिकांश इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष प्रदर्शन गर्ने खेलाडीहरू छन्। आइपिएलमा चेन्नई सुपर किंग्सका लागि आफ्नो ट्रेड खेल्ने २६ वर्षीय रुतुराज गायकवाडले भारतीय टोलीको कप्तानी गर्नेछन्। खेलमा रुतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम दुबे, प्रभसिमरन सिंह ( विकेट किपर), आकाश दीप रहेका छन् । 

एसिया कप २०२३ मा नेपालले पछिल्लो पटक भारतसँग १० विकेटले पराजित भएको थियो । एसियाडको पहिलो खेलमा नेपाललेले मङ्गोलियाविरुद्ध ३१४ रनको विशाल रन बनाएर टी- २० मा धेरै रनको रेकर्ड बनाएको छ । भने दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराएको छ ।

एसियाडमा नेपाल, हङकङ र मलेसियाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् भने अफगानिस्तानले बाई पाएको छ । भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले यसअघि नै क्वाटर फाइनल खेल्ने तय भएको थियो। क्वाटरफाइनलमा हङकङले पाकिस्तानको, अफगानिस्तानले श्रीलङ्काको र मलेसियाले बङ्गलादेशको सामना गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ