arrow

कोशीको अधिवेशन बुधबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर-फाइल

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता  नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ