arrow

पानी जमेको खाल्डोमा डुबेर दुई नाबालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
Morang_District.png

मोरङ । मोरङमा पानी जमेको खाल्डोमा डुबेर दुई नाबालकको मृत्यु भएको छ । केराबारी गाउँपालिका वडा नं ८ स्थित कृष्ण क्रसरको परिसरमा रहेको पानी जमेको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको हो । 
मृत्यु हुनेमा १० वर्षीय भूपेन चौलागाईं र ६ वर्षीय रामचरण चौलागाईं छन् । उनीहरु डुबेको खाल्डो ४ फिटभन्दा गहिरो छ । 

भूपेनको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापरबाहीले घटना भएको स्थानीयको आरोप छ । 

प्रहरीले भने पौडी खेल्न खाल्डोमा पसेका नाबालकको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ