- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ ।
सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले शुक्रबारको बैठकमा पढेर सुनाएका थिए ।
गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो ।