arrow

नेपाली राष्ट्रिय क्रिकेट टिम

विश्वकप छनोटका लागि तयारी गर्छौं : कप्तान पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
rohit-poudel-2080-10-16.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम चीनमा जारी एसियाली प्रतियोगिताबाट बाहिरिएको छ । भारतसँग २३ रनले पराजित भएर नेपाल खेलबाट बाहिरिएको हो ।
 
खेलपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप छनोटका लागि तयारी गर्ने बताएका छन् । समग्र खेलको प्रदर्शन सन्तोषजनक भएको बताएका छन् । उनले फिल्डिङमा भने केही कमजोरी भएको बताए ।  

उनले भने,' टी २० मा खारिएका टिमसँग  खेल्न पाउँदा राम्रो अनुभव भइरहेको छ । अब विश्वकप छनोटका लागि राम्रो तयारी गर्छौ । सबै खेलाडी उत्साहित छन् । किनकि हामी पछिल्लो दुई तीन महिना राम्रो टिमसँग खेली रहेका छौँ । टेस्ट खेल्ने,  वर्ल्डकप खेल्ने राष्ट्रहरूसँग खेलिरहेका छौँ । हामी हाम्रो उत्कृष्ठ प्रदर्शन गर्नेछौँ ।' 

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईले  खेलमा नेपाली खेलाडीको प्रदर्शनले आफूलाई गर्व लागेको बताएका छन्। उनले भने, 'टी-२० भनेको यस्तै खेल हो । हामीले राम्रो खेल्यौँ। यो खेलबाट हामी विश्वकप छनोटका लागि धेरै आत्मविश्वासी भएका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ