arrow

सुन तस्करी प्रकरण

सुन तस्करीको छानबिनका लागि बनेको आयोगले थाल्यो काम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
dilliraj-acharya-2080-10--18.jpg

काठमाडौं ।  सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रूपमा काम शुरु गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम शुरु गरेको बताए । 

उनले कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरे । उनले सुन तस्करी सम्बन्धी अहिलेसम्म भएको अध्ययन र विचाराधीन मुद्दा तथा सीआईबीले अनुसन्धान गर्दै रहेका विषयमा पनि कहीँ कमजोरी खोज भन्ने कार्यदेश रहेको बताए । उनले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको बताए । उनले अदालतलाई भए सरहको अधिकार आयोगले पाउने बताए ।

आयोगले बिहीबार एक पत्रकार सम्मेलन गरी इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुन तस्करी लगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी दिएको छ । 

त्यसैगरी सुन तस्करीको पूर्ण नियन्त्रण गर्न विद्यामान कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ