arrow

विश्व रेकर्ड बनाएपछि यसो भन्छन् दीपेन्द्र सिंह ऐरी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
dependra-sing-airee.jpg

काठमाडौं ।  विश्व रेकर्ड बनाएर फर्किएका राष्ट्रिय खेलाडी दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताएका छन् । 

ऐरीले चीनमा भएको १९औँ एसियन खेलअन्तर्गत टी२० क्रिकेटमा  विश्व रेकर्ड राख्न सफल भएका थिए । 

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने बताए।

सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरुष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्ध शतक पूरा गरी उनले कीर्तिमान कायम गरेका थिए।

सहायक हबल्दार भए दीपेन्द्र 
कीर्तिमान बनाएपछि उनको पदोन्नति भएको छ । नेपाल प्रहरीमा सेवारत उनको बढुवा भएको हो । उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् ।

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ