arrow

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दशैँ आयो’ विशेष अफर योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
sunrise-bank-2080-06-24.jpeg

काठमाडौँ । उत्साह र उमङ्गसहित मनाइने महान चाड बडादशैँलाई लक्षित गरी विभिन्न अफरहरुसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको हो ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ । 

परम्परागत रूपमा दशैँमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, शपिङ्ग तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो ।

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैँकको मोबाइल मनि प्रयोग गरी बस र हवाइ टिकट खरिद गर्दा क्रमशः रु २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ । 

यो अफर असोज १८ गते देखि कात्तिक ९ गतेसम्म लागू हुने बैंकले जनाएको छ । 

क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ । 

अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा रु १००० सम्मको क्यासब्याक पाउन सकिने पनि बैंकले जनाएको छ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गतेसम्म लागू रहनेछ।

यसैगरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सन्राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनिबाट अनलाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा रु २०० सम्म क्यासब्याक पाउन सकिनेछ । 

यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा रु ५०० सम्म क्यासब्याक पाइने छ ।

त्यसैगरी, ‘रमाइलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनिमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा रु ५०० सम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना कात्तिक महिनाभरी लागू हुनेछ ।

र क्यासब्याक अफरहरुबाहेक असोज २५ गते देखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा रु ५०१ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि रु ५०,००० भन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुने बैंकले जनाएको छ । यी सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिने पनि जनाइएको छ । 

लक्ष्मी सनराइज बैंकका सेवाग्राहीका लागि यो ‘दशैँ आयो’ योजना दशैँका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दशैँलाई अझ रमाइलो बनाउने सुनौलो अवसर भन्दै अफरहरुबारे विस्तृत जानकारीका लागि फेसबुक र इन्स्टाग्राम लगायतका सोसल मिडिया फलो गरी अपडेटेड रहन पनि बैंकले आग्रह गरेको छ । 

बैंकका अनुसार यो बैंकका देशभरी ५९ जिल्लामा रहेका २८४ वटा शाखाहरु तथा विभिन्न सञ्जालहरूमार्फत ग्राहकलाई बचत, कर्जा, रेमिट्यान्स जस्ता बैंकिङ्ग सुविधाहरू उपलब्ध गराइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ