arrow

घटस्थापनाका लागि जमरा राख्न चाहिने सामग्री बिक्री गर्दै व्यापारी [तस्बिर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
jamara-mato-2080 (12).jpg

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । 

बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोपिन्छ । 

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । 

यही घटस्थापनाका लागि राजधानीको भेडासिङ्गमा व्यापारीले जमरा राख्न चाहिने माटो, तथा मकै, गहुँ बिक्री गरिरहेका छन् । दशैंको घटस्थापनामा मकै, गहुँको जमरा राख्ने चलन रहेको छ ।

jamara-mato-2080 (1).jpg
jamara-mato-2080 (2).jpg
jamara-mato-2080 (3).jpg
jamara-mato-2080 (4).jpg
jamara-mato-2080 (5).jpg
jamara-mato-2080 (6).jpg
jamara-mato-2080 (7).jpg
jamara-mato-2080 (8).jpg
jamara-mato-2080 (9).jpg
jamara-mato-2080 (10).jpg
jamara-mato-2080 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ