arrow

गरियो घटस्थापना, राखियो जमरा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
ghatasthapana-2080-06-28 (10).jpg

काठमाडौँ । शुभसाइतमा घटस्थापना गरिएको छ । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरुको महान् चाड बडादशैँको पहिलो दिन पनि हो घटस्थापना । 

आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । काठमाडौँको हनुमान ढोकास्थित दशैँ घरमा र हिन्दू धर्मावलम्बीहरुका घरमा जमरा राख्ने गरिएको छ । 

आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि शुरू हुन्छ । दशैंभर हरेक दिन प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पूजा हुन्छ । 

त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।

ghatasthapana-2080-06-28 (1).jpg
ghatasthapana-2080-06-28 (2).jpg
ghatasthapana-2080-06-28 (3).jpg
ghatasthapana-2080-06-28 (4).jpg
ghatasthapana-2080-06-28 (5).jpg
ghatasthapana-2080-06-28 (6).jpg
ghatasthapana-2080-06-28 (7).jpg
ghatasthapana-2080-06-28 (8).jpg
ghatasthapana-2080-06-28 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ