arrow

नेताहरूको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस छैन : रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
rabi-lamichanee.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन् । सोमवारबाट शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए । उनले राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको बताए । 

उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरूप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताए । उनले परिवर्तन अवमूल्यन गर्ने ध्येय आफूहरूको नरहेको पनि बताए ।

उनले भने, ‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिले काहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शङ्का, आशङ्का नै आशङ्कामा हामीलाई पनि कयौँ अनुमानको घेरामा राखिएको छ । यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिले कहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुन सक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तन मलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।’

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए । उनले पुराना राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताए । उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ