arrow

'नीति मन्थन' मा रविले यसो भने [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
ravi-lamichhane-2080-06-29.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्ताबेज निर्माणका लागि सुझाव लिन ' नीति मन्थन' कार्यक्रम गरेको छ ।  सभापति रवि लामिछानेले सुधारसहितको पार्टी दस्ताबेज निर्माणमा लागिपरेको बताएका छन् ।

लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् । 

“यो परिवर्तनमा आफ्नो सिङ्गो जीवन राजनीतिमा बिताएका नेताप्रति कटाक्ष गरेको मात्र धेरैले सुन्नुभएको छ होला' , सभापति लामिछानेले भने, “विषय केन्द्रित कटाक्ष हुन सक्लान् तर समग्र मुलुकको परिवर्तनका लागि उनले गर्नुभएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना छैन । उनहरूको योगदानलाई उच्च सम्मान र कदर गर्दछौँ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ