arrow

के यमप्रसाद बन्दै छन् प्रधानसेनापति, रक्षा मन्त्रीले दिए स्पष्टीकरण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
purnabahadur-khadka-2080-06-29.jpg

काठमाडौं । नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने प्रसंगका बीच उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले स्पष्टीकरण दिएका छन् । 

सोमवार काठमाडौँमा आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै रक्षा मन्त्री खड्काले अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताए । 

 उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे । 

उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । 

उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताए । 

उनले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताए । 

उनले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताए । उनले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ