arrow

यूएईविरुद्ध नेपालले 'बेस्ट क्रिकेट' खेल्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
rohitkumar-captain.jpg

काठमाडौं ।  नेपालले घरेलु मैदानमा बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दै त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको शुरुआत गर्दै छ । आगामी अक्टोबर ३० देखि घरेलु मैदानमा हुने टी-२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको तयारी स्वरूप नेपालले त्रिदेशीय शृङ्खला खेल्न लागेको हो ।

खेल दिउँसो १ बजे मूलपानीको मैदानमा शुरु हुँदैछ । आजको मौसम राम्रो रहेको छ । 

नेपालसहित यूएई र हङकङले यो त्रिदेशीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट यात्रामा बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । नेपालले मुलपानी क्रिकेट मैदानमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध जित निकाल्दै सुखद शुरुआत गर्ने लक्ष्यमा छ । 

कप्तान रोहितले सन्दीप लामिछाने नहुँदा टोलीलाई केही असर परे पनि टोली चुनौतीको लागि तयार रहेको समेत बताए ।

कप्तान रोहितले शृङ्खलाको लागि भारतमा राम्रो तयारी भएको उल्लेख गर्दै राम्रो क्रिकेट खेल्नेमा विश्वस्त देखिए । नेपालले भारतमा दुई साता अभ्यास गरेको थियो । यस क्रममा नेपालले टी-२० मा नै केही अभ्यास खेल पनि खेल्यो ।

पछिल्ला समय एसिया कपमा पनि टी-२० फरम्याटमा नै क्रिकेट खेलेको र भारत पनि राम्रो अभ्यास पाएकाले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने रोहितले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ