arrow

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज : नेपाल र यूएई भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
nepal-uae-senior-2023-03-02.jpg

काठमाडौँ ।  नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ ।

 काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ ।  

टी-२० मा नेपाल र यूएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । 

नेपाल दुई खेलमा तथा यूएई तीन खेलमा विजयी भएको छ । नेपाल र यूएईबीचको खेल दिउँसो १ बजे सुरु हुने छ । 

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ