नारायणकाजीलाई बेइजिङको अस्पतालमा भर्ना गरियो, अवस्था स्थिर
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
560
Shares
काठमाडौं । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा भाग लिन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ।
स्वस्थमा समस्या देखिएपछि श्रेष्ठलाई बुधबार मध्य राति अस्पताल भर्ना गरिएको हो। श्रेष्ठको छातीमा समस्या दिएको छ भने मुटुमा रक्त प्रवाह रोकिएपछि हाल स्टेन हालिएको छ ।
उनलाई गत राति १ बजेतिर बेइजिङस्थित ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस अस्पतालमा भर्ना गरिएको हो । उनको अवस्था स्थिर रहेको छ ।