arrow

निराहार रहेर छातीमा दशैँको जमरा उमार्दै पाथीभराका मूल पुजारी

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० कार्तिक २ बिहिबार
prahlad-sapkota-pathibhara-mandir-2080.jpg

झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ वीरपुरस्थित ठूली पाथीभरा मन्दिरका मूल पुजारी  प्रह्लाद सापकोटा निराहार व्रत बसी आफ्नो छातीमा दशैँको जमरा उमार्दैछ्न्  ।

उक्त अवसरमा  मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र सापकोटाको छातीमा उम्रिएको जमरा हेर्न अहिले भक्तजनहरुको घुइँचो लाग्न थालेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

असोज २८ गते बिहान पूजापाठ गरेर मन्दिरका मूल पुजारी सापकोटा मन्दिर परिसरमा दशैँको लागि आफ्नो छातीमा जमरा उमार्नकै लागि  सुतेका छन्  ।
 
जमरा राख्नुभन्दा दुई दिन अघिदेखि पानी र अन्नसमेत नखाइ सापकोटा निराहार व्रतमा रहेको र आफूलाई पाथिभरा माताले उक्त जमरा उमार्न लगाएको उनको भनाइ रहेको स्थानीयले बताए । 

 निराहार ब्रत बसी यसरी जमरा उमार्दा आफूलाई कुनै शारीरिक कष्ट नभएको सापकोटाले बताए । साथै उनले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउँदै आएका छन् । 

अघिल्ला वर्षहरुमा फलाहार खाएर यसरी नै आफ्नो छातीमा जमरा उमार्ने गरेका सापकोटा यसपटक भने निराहार व्रत बसेर जमारा उमार्ने कठोर कार्यमा लागेका हुन् । 

उनले  महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गराइ आफ्नो व्रत समापन गर्ने जनाएका छ्न् ।

 दशैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ