arrow

हामीले विश्वकप जसरी पनि खेल्नुपर्छ : करण केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
karan-kc-new.jpg

काठमाडौं । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले नेपालले यस बर्ष विश्वकप क्रिकेट खेल्ने बताएका छन् । आज हङकङ विरुद्धको खेलमा अफ दी म्याच भएपछि करणले यस्तो बताएका हुन् ।

नेपालको जितमा म्यान अफ दी म्याच भएका करणले यो योजनाअनुरूप बलिङ गर्न सफल भएको र पछिल्लो एक वर्षदेखि नियमित क्रिकेट खेलिरहेकाले राम्रो प्रदर्शन भएको बताए । 

उनले यस वर्ष विश्वकप क्रिकेट खेल्ने बताए । उनले भने,' अघिल्लो वर्षमा पनि विश्वकप पुग्न सक्थ्यो त्यो बेला म र सोम घाइते थियौ । यो पटक हामीले जसरी पनि वर्ल्डकप खेल्नुपर्छ । यो हामीलाई स्वर्ण अवसर हो । सबै जना त्यसैको लागि लागि रहेका छौ । विश्वकप जरी पनि खेल्नुपर्छ' 

नेपालले ट्वान्टी-२० विश्वकप छनोटको एसिया क्वालिफायरको तयारी स्वरूप यो श्रृंखला आयोजना गरेको हो ।  

नेपाल बिहीबार हङकङमाथि ६ विकेटको जित निकाल्दै त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट शृङ्खलाको फाइनलनजिक पुगेको छ । अब नेपालले तेस्रो खेलमा शनिबार हङकङसँग नै प्रतिस्पर्धा गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ