arrow

एक महान् स्पिनरको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
bisang-sing-bedi.jpg

काठमाडौं । भारतीय क्रिकेटका महान् स्पिन बलर विशनसिंह बेदीको निधन भएको छ । ७७ वर्षको उमेरमा उनको हिजो निधन भएको हो । उनी भारतीय क्रिकेट टिमका पूर्व कप्तान पनि हुन् । 

इरापल्ली प्रसन्ना, श्रीनिवास वेङ्कटराघवन र भागवत चन्द्रशेखरसहितको प्रसिद्ध चार स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ को बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा दुई ६६ विकेट लिएका थिए । 

बायाँ हाते स्पिन बलर बेदीले सन् १९७४ देखि सन् १०७९ सम्म १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । 

बेदी प्राय साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकहरूको आलोचनामा स्पष्टवादी थिए । 

ठूलो पगरी र हँसिलो अनुहारका साथ उनी दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक हुन्थे तर पछिल्ला केही वर्षमा उनको खराब स्वास्थ्यका कारण उनलाई सक्रिय सामाजिक जीवनबाट टाढा राखेको थियो । 

दुई वटा विवाह गरेका बेदीका दुवै श्रीमतीबाट दुई छोरा र दुई छोरी छन् । 

उनका कान्छा छोराले सन् २००२ की मिस इन्डिया जितेकी अभिनेत्री तथा मोडल नेहा धुपियासँग विवाह गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ