arrow

गन्तव्य कुलेखानी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
kulekhani-2080-07-11.jpg

काठमाडौँ । दशैँ तिहारको बिदा सदुपयोग गर्न काठमाडौँबाट नजिकको गन्तव्यमा कुलेखानी करिब दुई घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ । कतै कच्ची सडक त कतै पक्की सडक हुँदै कुलेखानी पुग्न सकिन्छ । 

यहाँको जलविद्युत् आयोजनाका लागि बनाइएको ड्यामले कुलेखानी इन्द्रसरोवरका बासिन्दाको जनजीवन फेरिएको छ । यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरू जाने प्रमुख पैदलमार्गका रूपले पनि चिनिन्छ । 

दक्षिणकाली–हेटौँडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ। काठमाडौँबाट छोटो दूरीमा रहेको कुलेखानी बल्खुबाट करिब ४५ किलोमिटरको यात्रापश्चात् पुग्न सकिन्छ । निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुँदै करिब २ घण्टाको यात्रामा मार्खु, कुलेखानी पुगिन्छ । 

जंगलैभरि फुलेको लालीगुराँसले मनमोहक बनाउँछ । राताम्य फुलेका लालीगुराँस अनि गाउँले परिवेशलाई नियाल्दै जाँदा बाटोको कष्ट भुल्दै काठमाडौँ जिल्लालाई छोडेपछि मकवानपुर जिल्लाको सीमाना प्रारम्भ हुन्छ । 

यहाँको अर्को विशेषता भनेको माछा हो । कुलेखानीलाइ लोकल माछा खान पनि उपयुक्त स्थान मानिन्छ । यहाँ आउने आगन्तुकका निमित्त होटल तथा रिसोर्टहरू छन् । 

हेटौँडा र काठमाडौँबाट बढी पर्यटकहरु आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । इन्द्रसरोवरमा करिब ४० वटा डुंगाबाट पर्यटकलाई सयर गर्ने सुविधा उपलब्ध गराइएको छ। 

सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन् ।

kulekhani-jalasaya-2080-07-11 (1).jpg
kulekhani-jalasaya-2080-07-11 (2).jpg
kulekhani-jalasaya-2080-07-11 (3).jpg
kulekhani-jalasaya-2080-07-11 (4).jpg
kulekhani-jalasaya-2080-07-11 (5).jpg
kulekhani-jalasaya-2080-07-11 (6).jpg
kulekhani-jalasaya-2080-07-11 (7).jpg
kulekhani-jalasaya-2080-07-11 (8).jpg
kulekhani-jalasaya-2080-07-11 (9).jpg
kulekhani-jalasaya-2080-07-11 (10).jpg
kulekhani-jalasaya-2080-07-11 (11).jpg
kulekhani-jalasaya-2080-07-11 (12).jpg
kulekhani-jalasaya-2080-07-11 (13).jpg
kulekhani-jalasaya-2080-07-11 (14).jpg
kulekhani-jalasaya-2080-07-11 (15).jpg
kulekhani-jalasaya-2080-07-11 (16).jpg
kulekhani-jalasaya-2080-07-11 (17).jpg
kulekhani-jalasaya-2080-07-11 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ