arrow

रविको प्रश्न- तपाईँ थप देशमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
rabi-lam.jpg

काठमाडौँ । २०८४ को आम निर्वाचनमा अन्य राजनीतिक दललाई बाई बाइ गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको भन्दै लामिछानेले यस्तो बताएका हुन् । 

उनले भने.' २०८४ मा एकै पटक बाई बाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला । एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ? नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरूलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन् ।’

उनले दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौँ गर भन्ने चुनौती दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ