arrow

प्रतिनिधि सभाको बैठक बस्दै

गुटेरेसको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा संसद्मा सुनाइँदै, यस्ता छन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
Parliament_building.png

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइँदैछ । 

आगामी मङ्गलवार अपराह्न ४ बजे महासचिव गुटेरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे शुरु हुने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै अर्थमन्त्रीले   “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने, “भन्सार विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विमस्टेक बडापत्र (बिमस्टेक चार्टर) अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ