arrow

रोहित-मोन्टी मिसन: विश्वकपमा छानिने एक मात्र लक्ष्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
rohit-montey.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपमा क्वालिफायर हुनु नै आफूहरुको एक मात्र लक्ष्य रहेको बताएका छन् । 

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

उनले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको बताए । उनले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताए । उनले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरूले ठूलो अवसरको रूपमा लिएको बताए । 

उनले कुनै पनि टिमलाई सहज रूपमा नलिएको र क्वालिफाइ हुने आफूहरूको लक्ष्य रहेको बताए । सबै खेलाडीहरुले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताए । 

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । 

उनले एक पटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए । उनले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको बताए ।

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् ।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग त्रीवी मैदानमा खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ