arrow

टस जितेर सिंगापुर ब्याटिङमा, नेपालको बलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
mulpani-nepal-2080-07-06.jpg

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट छनोटमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । योसँगै नेपालले बलिङ गर्न थालेको छ ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ ।

यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।

आईसीसी टी-२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियाली क्षेत्रका ८ राष्ट्रहरु आजदेखि भिड्दै छन् । खेल काठमाडौँको कीर्तिपुर मैदान र मूलपानी मैदानमा दुई समूहमा विभाजन गरेर शुरु भएका छन् । 

आजको अर्को खेलमा मूलपानी मैदानमा बहराइन र यूएईबीच भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ