arrow

सङ्गठन सुदृढ तुल्याउन विधान संशोधन आवश्यक : महामन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
gagan-thapa-2080-06-25.jpg
तस्बिर-फाइल

म्याग्दी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई कार्यकर्ता र जनताप्रति जवाफदेही बनाउन विधान संशोधन आवश्यक भएको बताएका छन् ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका-६ घोडेपानीमास्थानीय कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले सङ्गठन बलियो बनाउन विधानमा संशोधन आवश्यक भएको बताए । 

नेता थापासँग स्थानीय कार्यकर्ताले पार्टी नेतृत्व र चुुनावमा टिकट पाउन चाकरी गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

घोडेपानीका होटल व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्कन नसकेको, जलवायुु परिवर्तनको प्रभाव यस क्षेत्रमा पनि परेको र सडकका कारण विस्थापित भएका पदमार्गको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ