arrow

पाँच समितिका यस्ता छन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, संसदीय सुनुवाइ समिति, र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ ।

 त्यस्तै बिहान ११ बजे नै अन्य चार समितिको बैठक बस्नेछ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको अनुगमन सम्बन्धमा छलफल हुनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने कार्यसूची रहेको छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ