arrow

दीपेन्द्रलाई खेलमा फर्काउने सबै प्रयास भएको छ– मोन्टि देसाई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
monti-desaiss.jpg

काठमाडौँ । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउने सबै प्रयास भइरहेको टोलीका प्रशिक्षक मोन्टि देसाईले बताएका छन् । 

ओमानसँगको हारपछि प्रशिक्षक देसाईले जारी आइसिसी टी-२० विश्वकप छनोटको एशिया क्वालिफायरमा दीपेन्द्रसिंहलाई खेलमा फर्काउन सबै प्रयास भइरहेको बताएका हुन् ।

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक चोटग्रस्त अलराउण्डर दीपेन्द्रसिंहलाई टोलीमा फर्काउन सबै प्रयास भैइरहेको उल्लेख गरेका हुन् । 

सिंगापुरसँगको पहिलो खेल शुरु हुन लाग्दा अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैन । 

उनी केही महिना टोली बाहिर रहने चर्चा पनि चलेको थियो । तर, प्रशिक्षक मोन्टिले दीपेन्द्रलाई टोलीमा फर्काउन धेरै प्रयास भइरहेको धारणा दिका हुन् ।

दीपेन्द्रले समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहँदा पनि त्रीवी मैदानभित्र रहेको नेटमा अभ्यास गरिरहेका थिए । 

त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावनाबारे प्रश्न गर्दा प्रशिक्षक देसाईले उनको करियरका लागि धेरै प्रयास भइरहेको बताए । प्रशिक्षक देसाईले अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने अवस्थामा पनि नरहेको स्पष्ट पारे । 

प्रशिक्षक देसाईले हरेक दिन नयाँ प्रतिभा खोज्ने आशा रहने गरेको र आज विवेकको प्रदर्शनले आफूलाई धेरै मनोरञ्जन पनि लिएको धारणा दिए । त्यसैले नयाँ प्रतिभाहरू आउनु नेपाल राम्रो क्रिकेटिङ राष्ट्र रहेको प्रमाणित भएको उल्लेख गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ