arrow

हत्यारा रिगल पक्राउ परेसँगै यसो भन्छिन् भारती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
bharati-manannder.jpg

काठमाडौँ । रिगल भनिने योगराज ढकाल पक्राउ गरेसँगै अनशनरत भारती मानन्धरले खुसी व्यक्त गरेकी छन् । 

रिगलको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताइन् । 

 उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आए पनि अन्ततः न्याय पाएको बताइन् ।

उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।

नेपालगञ्जका चेतनको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । 

रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्।

प्रहरीले हिजै रिगललाई पक्राउ गरि कारागार चलन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ