arrow

गाजामा युद्ध विराम नहुने ब्लिन्केनको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
USA-bliken-foreign-sec.jpg

काठमाडौँ । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्ध विराम नहुने संकेत गरेका छन् । 

युद्ध विराम हुँदा हमास आन्दोलनलाई आफ्नो सेना पुनः सङ्गठित गर्न सहयोग पुग्ने ब्लिन्केन बताएका छन् ।

जोर्डनको राजधानी अम्मानमा जोर्डनका विदेश मन्त्री अयमान सफादी र इजिप्टका विदेश मन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

 उनले “हमास आन्दोलन विरुद्ध आफ्नो रक्षा गर्ने इजरेलको अधिकारको लागि आफ्नो देशको समर्थनलाई पुनः पुष्टि गर्दै प्यालेस्टिनी नागरिकहरूको सुरक्षाको आवश्यकतामा जोड दिए। 

उनले इजरेल–हमास द्वन्द्वमा कुनै पनि थप देशलाई नयाँ मोर्चा खोल्नबाट रोक्न अमेरिकाले आफ्नो प्रभावको फाइदा उठाउने बताए ।

त्यस्तै जोर्डनका विदेश मन्त्री अयमान सफादीले गाजामा तत्काल युद्ध विराम र मानवीय सहायता पुर्‍याउन आवश्यक रहेको बताए । 

उनले गाजामा जारी इजरेली आक्रमणलाई आत्म–रक्षाको रूपमा वर्णन गर्न अस्वीकार गरे ।

 प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाको बारेमा चिन्ता व्यक्त गरे ।

इजिप्टका विदेश मन्त्री समेह शौकरीले गाजामा भएका दुर्भाग्यपूर्ण हत्याका घटनाहरूलाई न्यायोचित बनाउन नसकिने भन्दै बिना सर्त गाजामा तत्काल युद्ध विराम गर्न आह्वान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ