arrow

नेपालको ध्यान विश्वकपतर्फ : मोन्टि देसाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
monti-desai-coach-nepal-cricket-seniior.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी टी-२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् ।

ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे । एउटा फाइनल हेरेर मात्र हुँदैन समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनको धारणा छ । 

मोन्टीले ब्याटिङमा राम्रो गरे पनि बलिङतर्फ पावरप्लेमा केही गल्ती भएको बताए । खेल टाइ भएपछि सुपर ओभरमा धकेलिएको थियो । तर, सुपर ओभरमा नेपालले राम्रो गर्न नसक्दा हार व्यहोर्‍यो ।

उनले टी-२० को राम्रो बलरका रूपमा अविनाश बोहरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गरे । यद्यपि, आज उनले दबाब राम्रोसँग नसकेको बताए । 

ओमानका बलर बिलाल खानले पनि आफ्नो योजनाअनुसार गर्न सक्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे । तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ ।

विवेक यादव जस्तो खेलाडी अगाडि आउनु पनि सुखद पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाई छ । स-साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि प्रशिक्षक मोन्टीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ