arrow

सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जमा बेथिति, तोकेको राजस्व संकलन गर्न असफल

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
Birgunj-dryport-sirsiya.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जमा बेथितिले सीमा नाघेपछि भन्सार विभागले साउनदेखि असोज महिनासम्म तोकेको राजस्व संकलन गर्न असफल भएको छ ।

विभागले यो आर्थिक वर्षको तनि महिना साउनदेखि असोजसम्म १५ अर्ब ६० करोड ९८ लाख २५ हजार लक्ष्य तोकेको भएता पनि १३ अर्ब ११ करोड ६२ लाख ३३ हजारमात्र राजस्व संकलन भएको छ ।

भन्सार प्रमुख डा. रामप्रसाद मैनाली कार्यालयमा प्रायः नबस्ने र उनको रवाफ देखाउने बानीको कारणले कर्मचारी र व्यापारीहरुबीच समन्वय नभइ मनमौजी पाराले जसले जहाँ पायो त्यही कुम्ल्याउने प्रवृत्ति बढ्दै गएका कारण त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा परेको बताइन्छ ।

भन्सार अधिकृतत्रय सुशील शर्मा, लेखबहादुर बस्नेत र शोभाकान्त वाग्ले १० बजेदेखि ४ बजेसम्म जाडोको महिनामा कार्यालय खुल्ने नियमको धज्जी उडाउँदै अपरान्ह ४ बजेदेखि कन्टेनर खोलेर जाँच पास गर्ने नियम बनाएका छन् । 

कार्यालयका अन्य कर्मचारीहरु आफ्नो जिम्माको काम सकाएर निवास फर्किने तयारीमा लागेपछि यी अधिकृतहरुको समूहले सेटिङ मिलाउने काम शुरू गर्ने स्रोत बताउँछ । 

जाँचपासमा सघाउन भन्सार मूल्यांकन र दरबन्दी हेरफेर गरी ुघोटालाु गर्न अन्य तीन जना नासु सविन पौडेल, मन्दिप श्रेष्ठ र राजन भट्टराईलाई खटाउने गरिएको छ ।

भन्सार एजेन्ट राजकुमार मोदी, मुकेश साह, रजभक्त श्रेष्ठ र श्याम पटेल जस्ता अन्य कयौँ राजस्वमारा एजेन्टहरुलाई सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले पोसेर राखेको बताइन्छ। 

प्रमुख भन्सार अधिकृत डा रामप्रसाद मैनालीको भाग सिस्टम अन्तर्गत नियमित आउने गरेकाले उनी आफ्नो समय अन्तै काटिरहेको एक व्यापारीले दुःखेसो  पोखेका छन् ।

सूचना अधिकारी सन्तोष न्यौपानेको सरुवा भएपछि अहिलेसम्म कसैलाई सूचना अधिकारी तोक्ने काम भएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ